कारोबार


फास्ट ट्रयाकमा भ्यू टावरजस्ता पिलरमाथि यसरी तयार हुँदैछन् पुल (तस्बिरहरू)

फास्ट ट्रयाकमा भ्यू टावरजस्ता पिलरमाथि यसरी तयार हुँदैछन् पुल (तस्बिरहरू)

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १८:४, काठमाडौँ

काठमाडौँ– तराई/मधेश द्रुतमार्ग सडक खण्डमा ठूलठुला पुल तयार हुन थालेका छन्। लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्गसँगैका पुलहरू तयार हुन थालेका हुन्।

विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको छ।

महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको नेपाली सेनाले जानकारी दिएको छ। चन्द्रामभिरस्थित सुरुङको निर्माण कार्य सुरु भएको छ। अन्य ३ वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भइरहेको सेनाको भनाई छ।

उक्त आयोजनामा निर्माण गर्नु पर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य भइरहेको छ। बाँकी ५ वटा पुलको निर्माण कार्य सम्पन्न भई सकेको छ।

द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ३७‍.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको सेनाको दाबी छ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोलीले शुक्रबार निर्माणाधीन द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको हवाई तथा स्थलगत अवलोकन भ्रमण गरेका छन्।

तस्बिर : स्रोत नेपाली सेना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad