कारोबार


तीन वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

तीन वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८१ मंगलबार १२:८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।

प्रभु बैंक, हिमालय बैंक र एनआइसी एसिया बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्। 

एनआइसी एसिया बैंकले आफ्ना सञ्चालकका परिवार तथा उनीहरू सम्बद्ध संस्थालाई निर्धारित दरभन्दा धेरै ब्याज प्रदान गरेको, मुद्दती निक्षेप खाता खोल्दा पुरानो मिति राखेर ब्याज धेरै दिएको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी र पुँजीकोष तथा जोखिमभारसम्बन्धी लगायत निर्देशन पालाना नगरेको भनी राष्ट्र बैंकले उसलाई कारबाही गरेको हो। 

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ (ग) अनुरूप लिखित आदेश जारी गरेको हो।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनविपरीत कार्य नगर्न तथा सुधार कार्ययोजना बनाउन पनि बैंकलाई निर्देशन दिएको छ।

यसैगरी राष्ट्र बैंकले प्रभु बैंकलाई क्यापिटल एडुकेसी फ्रेमर्वक २०१५ को व्यवस्थाअनुसार प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको तथा केही कर्जामा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्क बाहिर गएर जोखिम भारित सम्पत्ति देखाएको जानकारी दिँदै एकपटकलाई सचेत गराएको छ।

हिमालयन बैंकलाई भने राष्ट्र बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरुको पालना नगरेको भनी एकपटकलाई सचेत गराएको छ।

राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो भने हिमालयन र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई एकपटकका लागि सचेत गराएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad