शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ।
कम्पनीको १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷८१ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने प्रस्तावसम्बन्धी निर्णय गरेको हो।
हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् २६ करोड ५४ लाख ९४ हजार ७ सय ३० रुपैयाँको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत अर्थात् १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबर नगद दिने प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् वितरण हुने कम्पनीले जनाएको छ।
42
Shares

प्रतिक्रिया