ग्लोबल


विमान दुर्घटनाबारे ट्रम्पको प्रेस ब्रिफिङ : कोही बाँचेनन्, बाइडेन दोषी

विमान दुर्घटनाबारे ट्रम्पको प्रेस ब्रिफिङ : कोही बाँचेनन्, बाइडेन दोषी

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १२:२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलेले राजधानी वासिङ्टन डीसीमा बुधबार राति अमेरिकन एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर भएको दुर्घटनामा कोही पनि नबाँचेको बताएका छन्। 

स्थानीय समयानुसर बुधबार राति ९ बजे कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढिरहेका बेला अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै विमान पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए। 

दुर्घटनामा सबै ६७ (विमानका ६४ र हेलिकप्टरका ३) जनाको मृत्यु भएको राष्ट्रपति ट्रम्पले प्रेस ब्रिफिङमा बताएका हुन्। उनले भने, ‘दुःखको कुरा, कोही पनि बाँचेका छैनन्।’

यद्यपि अहिलेसम्म दुर्घटनास्थलबाट ४० जनाको मात्र शव निकालिएको बताइएको छ। विमान खसेको नदीमा खटिएका गोताखोरले अवस्था खतरनाक देखिएको भन्दै केही समयका लागि खोजी तथा उद्धार रोकेका छन्।  

सीबीएस न्युजका अनुसार प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले दुर्घटनाका लागि यसअघिका राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको आरोप पनि लगाउन खोजे। 

उनले भने, ‘मैले सुरक्षालाई पहिलो स्थान दिएँ। ओबामा, बाइडेन र डेमोक्र्याटहरूले नीतिलाई पहिलो स्थान दिए।’

ट्रम्पले अब तुरुन्तै संघीय उड्डयन प्रशासनमा कार्यवाहक आयुक्त क्रिस्टोफर रोचेलोलाई नियुक्त गरिने जानकारी पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad