कारोबार


क्रेस्ट माइक्रो लाइफको आईपीओमा २२ गतेबाट सर्वसाधारणले आवेदन दिन पाउने

क्रेस्ट माइक्रो लाइफको आईपीओमा २२ गतेबाट सर्वसाधारणले आवेदन दिन पाउने

नेपालखबर
फागुन ११, २०८१ आइतबार ११:५८, काठमाडौँ

क्रेस्ट माइक्रो लाइफले फागुन २२ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको कम्पनीले बाँकी सेयर निष्काशन गर्नलागेको हो। 

कम्पनीले कुल पुँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो। यसमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि आइपीओ निष्काशन गरिसकेको छ।

६७ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीमा र १ लाख १२ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेर बाँकी रहेको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता साधार सेयर एक सय अंकित दरमा निष्काशनमा ल्याउनेछ। आईपीओमा फागुन २० देखि २६ गतेसम्म आवेदन दिन सकिनेछ। 

लगानीका लागि कम्पनीलाई मध्यमखालको मानिन्छ। रेटिङ कम्पनी इक्रो नेपालले डबल बी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने विषयमा मध्यम अवस्था रहेको जनाउँछ।

यस्तै कम्पनीको सञ्चित मुनाफा ८८ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.२७ रुपैयाँ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad