कारोबार


अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो

अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए
अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो

नेपालखबर
फागुन १३, २०८१ मंगलबार ५:२१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर भने बढेको छ। 

विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज घटेको हो। 

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा छ। हिजो युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा थियो। 

त्यसैगरि पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा थियो। 

त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा थियो। 

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७३ पैसा थियो। 

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८३ पैसा थियो। 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने छ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।

सूचीमा हेर्नुहोस् सबै विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad