आज फेरि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।
सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेर दुई लाख ८५ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय कायम भएको थियो। बुधबार सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५५ रुपैयाँ घटेर ४ हजार ३५० मा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ५ सय ५ रुपैयाँ थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया