कारोबार


नेपाल टेलिकमलाई अस्थायी रूपमा दिइएको फ्रिक्वेन्सीलाई निरन्तरता दिने समितिको निर्णय

नेपाल टेलिकमलाई अस्थायी रूपमा दिइएको फ्रिक्वेन्सीलाई निरन्तरता दिने समितिको निर्णय

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १२:६, काठमाडौँ

रेडियो फ्रिक्व‍ेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई अस्थायीरूपमा उपलब्ध गराइरहेको फ्रिक्वेन्सीलाई निरन्तरता दिने निर्णय गरेको छ। 

समितिको बिहीबार बसेको ३२औँ बैठकले टेलिकमलाई ८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा अस्थायीरूपमा उपलब्ध गराइएको थप २x५ मेगाहर्ज फ्रिक्वेन्सीलाई निरन्तरता दिने निर्णय गरेको हो। 

यस्तै, समितिले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को डब्लूआरसी-२३ बाट पारित रेडियो रेगुलेसनअनुसार नेपालका लागि तयार गरिएको 'नेसनल फ्रिक्वेन्सी एलोकेसन प्लान २०२६' स्वीकृति गरेको छ। 

समितिले देशमा रेडियो फ्रिक्वेन्सी व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप थप प्रभावकारी, व्यवस्थित र भविष्यउन्मुख बनाउन छलफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad