कारोबार


नबिल बैंकले पायो तीन अवार्ड

नबिल बैंकले पायो तीन अवार्ड

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १३:४२, काठमाडौँ

नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीनवटा अवार्डबाट सम्मानित भएको छ।

बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो।

यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ।

यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अवार्डबाट बैंक सम्मानित हुन पाउँदा खुसी लागेको बताए। 

उनले भने, “युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानहरूले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ। नेपाल्स बेस्ट बैंक फर ईएसजी तथा एसएमईज् जस्ता उपाधिहरू प्राप्त गर्नु भनेको ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारहरूले नबिल बैंकमाथि राख्नुभएको विश्वासको परिणाम हो। यी सम्मानहरूले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएका छन्। हामी आगामी दिनहरूमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहनेछौँ।”

युरोमनी अवार्डस् फर एक्सिलेन्सलाई बैंकिङ क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एक मानिन्छ। जसले नवप्रवर्तन, नेतृत्व र असाधारण कार्यसम्पादन मार्फत आफ्नो बजारमा प्रभाव पारेका संस्थाहरूलाई सम्मान गर्दछ।

नेपाल्स बेस्ट बैंक उपाधिले नबिल बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित नवप्रवर्तन, डिजिटल रूपान्तरणमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको छ। त्यसैगरी, नेपाल्स बेस्ट बैंक फर ईएसजी अवार्डले दिगो वित्त (सस्टेनेबल फाइनान्स), जिम्मेवार बैंकिङ अभ्यास, हरित वित्तीय लगानी, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले प्रदर्शन गरेको नेतृत्वलाई सम्मानित गरेको छ। नबिल बैंकले आफ्नो व्यावसायिक रणनीतिमा दिगोपनालाई केन्द्रमा राख्दै वातावरणीय तथा सामाजिक प्रभाव सिर्जना गर्ने विभिन्न पहलहरूलाई निरन्तर अघि बढाउँदै आएको छ।

यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि सशक्तीकरणका लागि साना तथा मझौला उद्यमहरूलाई लक्षित वित्तीय सेवाहरू, कर्जाका विशेष योजना तथा परामर्शमूलक सेवाहरू उपलब्ध गराउन बैंकले खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गरेको छ।

विगतका वर्षहरूमा नबिल बैंकले डिजिटल बैंकिङ, ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै, दिगो बैंकिङ अभ्यास तथा वित्तीय समावेशीकरणका क्षेत्रमा निरन्तर लगानी गर्दै बैंकिङ क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ। बैंक आफ्नो सेवामार्फत ग्राहक, समुदाय, शेयरधनी तथा समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्न प्रतिबद्ध रहेको छ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो। यस बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जालसहित ३१५ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad