डिजिटल वालेट आईएमई पेले युएईबाट बोटिममार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
बोटिम एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारीअन्तर्गत यो अफर ल्याइएको कम्पनीले जनाएको छ।
युएईमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा यसले थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनीले राखेको छ।
यही फागुन १५ देखि चैत १५ सम्म लागू हुने अफरअन्तर्गत नेपाली १० हजार वा त्योभन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्।
आईएमई पेमा विदेशको कुनै पनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यममार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।

प्रतिक्रिया