कारोबार


लोकगायक बद्री पंगेनी नियुक्त भए सजिलो नेटको ब्रान्ड एम्बेसडर

लोकगायक बद्री पंगेनी नियुक्त भए सजिलो नेटको ब्रान्ड एम्बेसडर

नेपालखबर
फागुन २६, २०८१ सोमबार १९:२८, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

गायक पंगेनी र कम्पनीबीच यसबारे आज सम्झौता भएको हो।

पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौँ दर्शक-श्रोताको मन जित्न सफल भएका छन्। नेपाली साङ्गीतिक तथा लोकजीवनमा गहिरो छाप छोड्न सफल उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति हुन्। सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

‘सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो’, सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीले भने, ‘बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।’

पंगेनीले इन्टरनेट आजको जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको बताए। 

सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले यस ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको बताए। 

सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ। बद्री पंगेनी सँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad