समाज


झापामा बालबालिकाको कानको मुन्द्रा लुट्ने व्यक्ति पक्राउ

झापामा बालबालिकाको कानको मुन्द्रा लुट्ने व्यक्ति पक्राउ

नेपालखबर
असार २८, २०८३ आइतबार २१:२४, भद्रपुर (झापा)

झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई  कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठलाई फकाएर दुवै कानको मुन्द्रा लुटिएको थियो। स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई विद्यार्थी तथा कनकाई नगरपालिका–८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालकको समेत सोही तरिकाले कानको मुन्द्रा लुटिएको थियो।

एक महिनायता कनकाई नगरपालिकाभित्र एउटै शैलीमा पाँच बालबालिकाको कानको मुन्द्रा लुटिएको घटना सार्वजनिक भएपछि विशेष निगरानी बढाइएको सूचना अधिकारी अवाले बताए।

प्रहरीका अनुसार घटनास्थल आसपासका सिसीटिभी फुटेज र पीडित बालबालिकाको बयानको आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि खोजी अभियान तीव्र बनाइएको थियो। सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दर्जीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। साथै, लुटिएका मुन्द्रा बिक्री–वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad