इरानले हर्मुज स्ट्रेट बन्द गरिएको बताए पनि अमेरिकी सेनाले भने यो खुला रहेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलमार्ग खुला रहेको र जहाजहरूको आवतजावत सुनिश्चित गर्न आफ्नो सेना तैनाथ रहेको बताएको हो।
सेन्टकमले भनेको छ, ‘यस अन्तर्राष्ट्रिय जलमार्ग (हर्मुज स्ट्रेट) कानुनी रूपमा यात्रा गर्न चाहने सबै जहाजका लागि खुला छ। इरानको बिनाकारण शत्रुतापूर्ण कार्य, उत्पीडन, धम्की र एकपक्षीय घोषणाका बाबजुद समुद्री आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकी सेना तैनाथ र तयार छ।’
सेन्टकमले अगाडि भनेको छ, ‘इरानले हर्मुज स्ट्रेट नियन्त्रण गर्दैन।’
सेन्टकमको यो भनाइअघि इरानले हर्मुज मार्ग अनिश्चतकालका लागि बन्द गरिएको घोषणा गरेको थियो।
123
Shares

प्रतिक्रिया