कारोबार


९ दिनमा २ खर्बले घट्यो सेयर लगानीकर्ताको सम्पत्ति

९ दिनमा २ खर्बले घट्यो सेयर लगानीकर्ताको सम्पत्ति

नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:३०, काठमाडौँ

पछिल्लो नौ दिनमा सेयर लगानीकर्ताको दोस्रो बजारमा भएको सम्पत्ति साढे २ खर्ब बढीले घटेको छ। 

बजार निरन्तर ओरालो लागेसँगै गएको ९ दिन दोस्रो बजारको बजार पुँजीकरण २ खर्ब ५५ अर्ब ३८ करोड रुपैयाँले घटेको हो। 

गत फागुन १९ गते ४७ खर्ब ९९ अर्ब १९ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण फागुन २८ गते (आज) ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँमा ओर्लिएको छ। 

सूचक निरन्तर ओरालो लागेपछि लगानीकर्ताले बजारमा कारोबार घटाएका थिए। सेयर खरिदकर्ता हावी हुँदा सूचीकृत कम्पनीहरुको सेयरमूल्य घट्न पुग्यो। जसको असर लगानीकर्ताको सेयर सम्पत्तिमा परेको हो। 

त्यसो त यो अवधिमा फ्लोट मार्केट पुँजीकरण भने ७७ अर्ब ४१ करोड रुपैयाँले घटेको छ। 

नेपाली सेयरबजारमा संस्थापक सेयर र सर्वसाधारण समूहको सेयरको आधारमा दुईवटा शीर्षकमा पुँजीकरण गरिन्छ। संस्थापक सेयर र सर्वसाधारण समूहको सेयरको मूल्यको कुल जोडलाई बजार पुँजीकरण भनिन्छ। 

यसमा सूचीकृत कम्पनीको संस्थापक सेयरको मूल्य पनि गणना हुन्छ। यस्तै फ्लोट मार्केट पुँजीकरणमा भने दोस्रो बजारको वास्तविक पुँजीकरण मान्ने गरिन्छ। 

सर्वसाधारण समूहको सेयरमूल्यको कुल जोडलाई फ्लोट मार्केट पुँजीकरण मानिन्छ। 
यस हिसाबमा सर्वसाधारणले दोस्रो बजारबाट मात्रै ९ दिनमा कुल ७७ अर्ब रुपैयाँ गुमाएका हुन्। 

संस्थापक सेयरको मूल्यगत परिणामसहितको मूल्यलाई आधार मान्ने हो भने ९ दिनमा कुल २ खर्ब ५५ अर्ब रुपैयाँले बजार पुँजीकरण घटेको छ। 

बजार पुँजीकरण कुनलाई मान्ने भन्ने विषयमा विवाद रहँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad