कारोबार


डण्डी र सिमेन्ट व्यवसायीले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : अध्यक्ष सिंह

डण्डी र सिमेन्ट व्यवसायीले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : अध्यक्ष सिंह

नेपालखबर
चैत ५, २०८१ मंगलबार १९:४२, काठमाडौँ

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायमा सिमेन्ट उद्योगहरुको सिन्डिकेट रोक्न आग्रह गरेका छन्।

मंगलबार सिंदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले विकास निर्माणको समयावधि सकिन लागेको भएपनि सिमेन्टको मूल्यमा वृद्धि हुँदा आफूहरु अल्मलिराखेको बताए।

डण्डी र सिमेन्ट व्यवसायीहरुले सल्लाह गरेरै सिण्डिकेट गरेको उनको आरोप छ। अध्यक्ष सिंहले २ हप्ता अगाडि ७६ रुपैयाँमा पाइने डण्डीको मूल्य बढाएर ९० रुपैयाँ पुर्याइएको उल्लेख गरे। 

उनले सिमेन्ट र डण्डी व्यवसायीहरूले मूल्य बढाएको कारण विकास निर्माणको काम रोकिन लागेको भन्दै उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए। उनले यसरी मुलुक खुला अर्थतन्त्र नीतिमा जाने हो कि सिन्डिडकेटमा जाने हो? भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘हामो निर्माण अवधीको समय अवधि सकिन लागेको छ। अहिलेपनि हामी अल्मलिराखेका छौँ। अब त सिमेन्टमा मात्र सिमित रहेन। ग्रेविङ वायरको मूल्य १२ रुपैयाँ बढाइएको छ। सल्लाह गरेर सिन्डिकेट गरेको छ। सिमेन्टसँगसँगै डण्डीको मूल्य समेत बढाएको छ। डण्डीको मूल्य २ हप्ता अगाडि ७६ रुपैयाँ थियो। आजको मूल्य ९० रुपैयाँ छ। र सम्भावित वृद्धि भएर १०५ रुपैयाँ पुग्ने लक्ष्य राखेको छ। त्यो चाहीँ खुला बजार नीति हो? उहाँहरुले बसेर छलफल गरेर निश्चित मूल्य राखेर त्योभन्दा बाहेक भयो भने खारेज हुने भनेर बढाउनु भएको छ। यसरी मुलुक खुला अर्थतन्त्र नीतिमा जाने हो कि सिन्डिडकेटमा जाने हो?’

लोडसेडिङको कारणले सिमेन्ट र डण्डीको मूल्य बढाउन बाध्य भएको भन्दै व्यवसायीहरूले विद्युत आपूर्ति बढाउनुपर्ने माग राखेका छन्। सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले ५ मेगावाट भएपनि २४सै घण्टा विद्युत आपूर्ति दिनुपर्ने बताए। 

उनले वन मन्त्रालय तथा उद्योग मन्त्रालयले कम्पनीका फाइलहरूमा चासो नदिएको कारण स्टिल व्यवसायीहरू समस्यामा रहेको बताए। उनले लोडसेलिडङ लगायतका समस्याका कारण १० प्रतिशत घाटामा डण्डी बेच्नुपरेको कारण मूल्य बढाएको स्पष्टिकरण दिएका छन्।

सरकारले समस्या सम्बोधन गरेको अवस्थामा मूल्य घटाउन तयार रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad