कारोबार


सचेत बन्न थाले तरकारी बजार (भिडियो)

सचेत बन्न थाले तरकारी बजार (भिडियो)

प्रविन कोइराला
चैत १८, २०७६ मंगलबार ६:५,

कोरोना संक्रमणबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सतर्कता अपनाएका छन्।

सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामग्रीका पसल खोल्न अनुमति दिएकाले बिहान र साँझ सर्वसाधारणको तरकारी बजारमा भीड बढ्न थालेको छ।

सोही कारण बजार व्यवस्थापन समितिहरुले थप सतर्कता अपनाउन थालेका हुन्। उनीहरुले कम्तीमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गर्न गराउनका लागि तीन फिटको दूरीमा गोलो घेरा नै लगाएर उपभोक्ता तथा ग्राहकलाई बेचिरहेका छन्।

tarkari dokan pasal gyanesor 2
ज्ञानेश्वरमा तरकारी पसलअगाडि लगाइएको घेरा र तरकारी किन्दै ग्राहक । तस्बिर : प्रविन कोइराला

तरकारी किन्न जाने सबैले सो गोलो घेरामा बसी तरकारी लिनुपर्ने हुन्छ। समाज कल्याण परिषद्द्वारा सञ्चालित काठमाडौंको भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्वार र बाह्यद्वार भिन्नाभिन्नै बनाइएको छ।

एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोही गेट बाट फर्कन पाउँदैनन्। साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको गोलो घेराभन्दा बाहिर बस्न पाउँदैनन्।

साँझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्यधिक हुन थालेपछि सामाजिक दूरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो।

त्यहाँ मात्रै हैन राजधानीका अन्य ठाउँमा पनि यस्तो विधि अपनाइएको छ। किराना पसल र औषधि बिक्रेता फार्मेसीले समेत यही तरिका अवलम्बन गरेका छन्।

निश्चित समयका लागि यी पसल तथा फार्मेसी खुल्ने गरेका छन् भने पसलमै समेत सुतलीको डोरी बाँधेर सामाजिक दूरीमा बस्ने अभ्यास पालना भएको देख्न सकिन्छ। यसलाई उपभोक्ताले समेत पालना गरिरहेका छन्।

tarkari dokan pasal gyanesor 4
ज्ञानेश्वरमा तरकारी पसलअगाडि लगाइएको घेरा र तरकारी किन्दै ग्राहक । तस्बिर : प्रविन कोइराला

काठमाडौंकै ज्ञानेश्वरमा सामान्य तरिका पसलहरुले पनि यही विधि पालना गरेका छन्।

धेरै भीड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दूरी कायम गरी लामबद्ध गराउँछन्। तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सतर्कतासम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन्।

नजिक हुँदा भाइरस संक्रमित व्यक्तिबाट अरु व्यक्तिमा सर्ने भएकाले संसारभर नै यो विधिको अभ्यास भएको छ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad