हिजो तोलामा १४ सय रुपैयाँ घटेको सुनको मूल्य आज केही बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँचसय रुपैयाँले बढेको हो। हिजो सुन तोलामा एक हजार चारसय रुपैयाँले घटेको थियो।
सुनको मूल्य आज प्रतितोला एक लाख ८८ हजार आठसय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया