कारोबार


परियाेजनाबाट राष्ट्रपति र प्रधानमन्त्री ‘ट्याग’ हट्ने, अब नामकाे अगाडि राष्ट्रिय शब्द

परियाेजनाबाट राष्ट्रपति र प्रधानमन्त्री ‘ट्याग’ हट्ने, अब नामकाे अगाडि राष्ट्रिय शब्द

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १९:१, काठमाडौँ

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमबाट राष्ट्रपति तथा प्रधानमन्त्रीको ‘ट्याग’ रहेका आयोजनाहरुको नाम परिर्वतन गरेको छ।

शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले प्रधानमन्त्रीको नाममा रहेको एक र राष्ट्रपतिको नाममा रहेका ३ परियोजनाको नाम फेरेको हो।

जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रूपमा निरन्तरता दिइने उल्लेख गरिएको छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको बनाइएको छ।

यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई पनि नीति तथा कार्यक्रम मार्फत राष्ट्रिय महिला उत्थान कार्यक्रमको रूपमा अगाडि बढाइने भएको छ भने राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनालाई राष्ट्रिय चुरे संरक्षण आयोजना बनाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad