कारोबार


निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन गयो, अलपत्र डच नागरिक स्वदेश फर्किए

निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन गयो, अलपत्र डच नागरिक स्वदेश फर्किए

नेपालखबर
चैत २०, २०७६ बिहिबार ६:३९,

नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन विमानस्थलबाट चीनको ग्वान्झाउ प्रस्थान गरेको छ। कोरोना भाइरस रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री लिन त्यसतर्फ गएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

‘नेपाल एयरलाइन्सको जहाज स्वास्थ्य सामग्री लिन खाली चीन उडान भरेको छ’, प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘आजै राति ११ बजे त्रिभुवन विमानस्थल आइपुग्ने तालिका रहेको छ।’

त्यस्तै, अष्ट्रेलियन नागरिक बोकेर गएको वाइडबडी पनि आज राति ११ बजे नै फर्किने पोखरेलले जानकारी दिए ।

१ सय २४ डच नागरिक मलेसिया एयरलाइन्सबाट स्वदेश फिर्ता

लकडाउनका कारण अलपत्र परेका नेदरल्याण्डका नागरिक आज स्वदेश फिर्ता गएका छन्। मलेसिया एयरलाइन्सले नेदरल्याण्डका नागरिक लगेर गएको हो।

‘१२४ यात्रु बोकेर मलेसिया एयरलाइन्स त्रिभुवन विमानस्थलबाट उडान भरेको छ’, महानिर्देशक पोखरेलले नेपालखबरसँग भने।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad