कारोबार


अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

नेपालखबर
बैशाख २४, २०८२ बुधबार ५:०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। यी मुद्राको विनियमदर हिजो घटेको थियो। अस्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ। यसअघिका दुई दिन अस्ट्रेलियन डलरको मूल्य लगातार बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा थियो। 

त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा छ। विगत दुई दिनसम्म बढेको अस्ट्रेलियन डलरका् मूल्य आज घटेको हो।  

हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad