कारोबार


भालेश्वरमा पुगेर स्वामी कैलाशानन्दले गरे पूजा

भालेश्वरमा पुगेर स्वामी कैलाशानन्दले गरे पूजा

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:४, काठमाडौँ

भारतको प्रसिद्ध निरञ्जन अखडा स्वामी कैलाशानन्दले चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन्। 

नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा उनी चन्द्रागिरि पुगेका हुन्। 

दर्शन गरेपछि प्रतिक्रिया दिँदै उनले भालेश्वर मन्दिर परिसरमा अत्यन्त अलौकिक अनुभूति गर्न पुगेको उल्लेख गरे। 

उनले चन्द्रागिरि हिल्स पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको बताएका थिए। केवलकार चढेर भालेश्वरको दर्शन गर्न पाउनु अविस्मरणीय अवसर रहेको उनको भनाइ थियो। उनले यसअघि लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाइँकुण्ड र काठमाडौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गरेका थिए। 

उनको भ्रमणले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad