विश्व प्रसिद्ध पाककलाका माहिर सेफ सन्तोष साहलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उनलाई गएराति गिरफ्तार गरेको हो।
काठमाडौँ जिल्ला अदालतको आदेशमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाले बताए।
उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘अदालतको आदेशले हामीले पक्राउ गरेका हौँ। उहाँले गौरीधारास्थित एक रेस्टुरेन्ट लिनुभएको छ, पैसा नतिरेकाले अदालतको आदेशअनुसार पक्राउ गरेका हौँ।’
शकुन्तला थापा अधिकारीको रेस्टुरेन्ट किनेबापत १ करोड ३० लाख रुपैयाँ नदिएको अभियोग सेफ साहलाई लागेको छ।
उनलाई जनकपुरबाट काठमाडौँ ल्याइसकिएको एसपी थापाले जानकारी दिए।
उनका अनुसार साहलाई अब आज शनिबार र भोलि आइतबार पनि सार्वजनिक बिदा भएकाले सोमबार मात्र अदालत पेस गर्ने तयारी छ।
Shares

प्रतिक्रिया