कारोबार


कतारले ट्रम्पलाई उपहार दिँदै छ विलासी विमान!

कतारले ट्रम्पलाई उपहार दिँदै छ विलासी विमान!

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १३:३८, काठमाडौँ

खाडी देश कतारले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हवाइजहाज उपहार दिने भएको छ। 

एजेन्सीहरुका अनुसार ट्रम्प कतारको उक्त उपहार लिने योजनामा देखिएका छन्।

रोयटर्सका अनुसार कतारी राजपरिवारले ट्रम्पलाई बोइङ ७४७–८ विमान उपहार दिनलागेको हो। 

सो विमानलाई पछि एयरफोर्स वानका रुपमा प्रयोग गर्न सकिने बताइएको छ। 

यदि अमेरिकी सरकारले यो विमान स्वीकार गरेमा त्यो अहिलेसम्मकै महँगो उपहार हुनेछ। 

विमान पछि ट्रम्पको कार्यकाल सकिएपछि राष्ट्रपतीय पुस्तकालयलाई दान गरिनेछ। 

हाल नयाँ बोइङ ७४७–८ को मूल्य करिब ४० करोड अमेरिकी डलर पर्छ। 

आफ्नो ट्रुथ सोसल एकाउन्टमा ट्रम्पले उपहारबारे स्वीकार गरेका छन्। 

त्यसमा उनले अमेरिकी रक्षा विभागले कुनै शुल्कविनाको, उपहारको रुपमा ७४७ विमान पाउन लागेको उल्लेख गरेका छन्।

यद्यपि विपक्षी दलहरुले भने यस्तो उपहार लिन नहुने तर्क गर्दै आएका छन्। 

ट्रम्प चाँडै मध्यपूर्वका देशहरूको भ्रमणमा निस्किँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad