कारोबार


एनसेल फ्ल्यास सेल्समा अब सामाजिक सञ्जालमा निःशुल्क पहुँच

एनसेल फ्ल्यास सेल्समा अब सामाजिक सञ्जालमा निःशुल्क पहुँच

नेपालखबर
जेठ २, २०८२ शुक्रबार २१:१०, काठमाडौँ

एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरूलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ।
 
यो अफर शनिबार (ज्येठ ३) बाट सुरु भई हरेक शनिबार ज्येठ ३१ गतेसम्म सञ्चालनमा रहने छ। शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरूले विभिन्न चारवटा प्याकहरू किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युव पाउँछन्। सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन।
 
फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन्।
 
कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले कर सहित रु १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन्। यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउँछन्। त्यसैगरी कर सहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन्।
 

ग्राहकले औधी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन्। रु ५९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन्। अर्को रु ७९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउँछन्।

यो फ्ल्यास सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधा सहित आउने यी प्याकहरूले ग्राहकहरूलाई थप फाइदा प्रदान गर्दछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad