सर्वोच्च अदालतको इजलासबाट पनि विश्व पौडेलविरुद्धको रिट दर्ता नहुने निर्णय सदर भएको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले यसअघि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ आदेशलाई सदर गरिदिएको हो।
अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर सिफारिस समिति छाडेका पौडेललाई गभर्नर बनाउन लागेको भन्दै रिट दिएका थिए। तर सो रिटमा रजिस्ट्रार पोखरेलले बेरीतको भन्दै दरपीठको आदेश गरेका थिए।
त्यसविरूद्ध निवेदकहरूले गत शुक्रबार अर्को निवेदन दिएका थिए। आइतबार दर्ता भएको दरपीठविरुद्धको निवेदनमाथि मंगलबार सुनुवाइ भएको हो।
1.0k
Shares

प्रतिक्रिया