कारोबार


बुद्ध एयरले भरतपुरमा गर्‍यो ७२ सिटे जहाजबाट सफल परीक्षण उडान

बुद्ध एयरले भरतपुरमा गर्‍यो ७२ सिटे जहाजबाट सफल परीक्षण उडान

परीक्षण उडानपछि बुद्ध एयरको एटीआर ७२ जहाज (रासस)


नेपालखबर
जेठ ८, २०८२ बिहिबार १२:४३, काठमाडौँ

निजी क्षेत्रको हवाइ सेवा प्रदायक बुद्ध एयरले भरतपुर विमानस्थलमा ठूलो जहाजबाट सफल अवतरण गरेको छ। 

चितवनमा रहेको विमानस्थलमा पहिलोपटक एटीआर ७२ जहाज अवतरण गरेको हो। 

यसअघि नै ४७ सिटे जहाजबाट भने नियमित उडान भइरहेको छ। पछिल्लो समय विमानस्थल रनवे विस्तारको काम समेत भइरहेको छ। 

सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयासस्वरुप आज ७२ सिट क्षमताको एटीआर ७२ जहाजको परीक्षण उडान सफल भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad