उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन्।
अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवर्धन लगायतका विषयमा परामर्श गरेका हुन्।
अर्थ मन्त्रालयले जेठ १५ गते बजेत ल्याउँदै छ। बजेट लेखनको मस्यौदा तयार भैरहदाँ अर्थमन्त्री सहित कर्मचारी व्यस्त छन्।
225
Shares

प्रतिक्रिया