कारोबार


द्वन्द्वकालीन घटनाको छानबिन, राहत र परिपूरण कोषमा एक अर्ब विनियोजन

द्वन्द्वकालीन घटनाको छानबिन, राहत र परिपूरण कोषमा एक अर्ब विनियोजन

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:५७, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले शान्ति प्रक्रियासँग सम्बन्धित विषय टुंगो लगाउने बताएका छन्। 

बिहीबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै उनले शान्ति पक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने बताए।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई क्रियाशील बनाइनेछ। 

घाइते अपाङ्ग तथा अशक्तहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ,’ पौडेलले भने, ‘सशस्त्र द्वन्द्वकालमा भएका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न एक अर्व विनियोजन गरेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad