कारोबार


हिमालयन बैंकको न्यूरोड शाखा– २ संचय कोष भवन, ठमेलमा स्थानान्तरण

हिमालयन बैंकको न्यूरोड शाखा– २ संचय कोष भवन, ठमेलमा स्थानान्तरण

नेपालखबर
जेठ २५, २०८२ आइतबार १६:६, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये न्यूरोड शाखा – २ लाई काठमाडौँ महानगरपालिका वडा नं २७, ठमेलस्थित संचय कोष भवनमा स्थानान्तरण गरिएको छ।

आज (जेठ २५ गते) देखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङि सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत  अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरे।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम,  ८,००० भन्दा बढी पीओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad