कारोबार


झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार

झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार

नेपालखबर
असार २, २०८२ सोमबार १६:८, काठमाडौँ

सेयर बजार परिसूचक नेप्से २.८० अंकले बढेको छ। ०.१० प्रतिशतले बढेको बजार २६५८.६६ विन्दुमा पुगेको छ। 

यस दिन बिक्री भएको कित्ता संख्या ३ करोड ३६ लाख नाघेको छ। सोसँगै बजारमा १३ अर्ब १८ करोडको सेयर कारोबार भएको हो। 

१२४ वटा सेयरको मूल्य बढ्दा सोमबार १२४ वटा सेयर भने घटेका छन्। 

आज प्योर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता ९०.७० रुपैयाँ आम्दानी गरेका छन्। त्यसैगरी पिपुल्स पावर लिमिटेडको पनि ९.९९ प्रतिशतले बढेको छ। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७ प्रतिशत, सोल्टी होटल ६.३० प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फन्डको पनि ६.०७ प्रतिशतले सेयर बढेको छ। 

अपर हेवाखोला हाइड्रो, श्री इन्भेस्टमेन्ट फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, उन्नति सहकार्य लघुवित्त र माउन्टेन इनर्जी नेपालको भने क्रमशः ७.५८, ६.३३, ४.८४, ४.३५ र ४.०४ प्रतिशतले सेयर मूल्य घटेको छ। 

सर्वाधिक कारोबारतर्फ आज सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप पावर अगाडि छन्। दुवै कम्पनीको क्रमशः ९५ करोड र ९० करोडको सेयर किनबेच भएको हो। यसबाहेक बुटवल पावर कम्पनीको ५८ करोड, सिंगटी हाइड्रो इनर्जी ५७ करोड र राधी विद्युतको ५४ करोडको सेयर किनबेच भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad