कारोबार


इजरायली राजदूतसँग रोजगार विभागका डीजीको भेट, इजरायलमा रहेका र जानलागेका नेपालीबारे छलफल

इजरायली राजदूतसँग रोजगार विभागका डीजीको भेट, इजरायलमा रहेका र जानलागेका नेपालीबारे छलफल

नेपालखबर
असार ६, २०८२ शुक्रबार १६:२८, काठमाडौँ

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बासबीच इजरायलमा रहेका र नेपालबाट इजरायल जानलागेका नेपालीबारे छलफल भएको छ। 

इरानसँग इजरायलको बढ्दो तनावपूर्ण परिस्थितिका बीच राजदूत एरी बाससँग छलफल भएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले जानकारी दिए। 

‘वार्तामा वर्तमान अवस्थामा इजरायलमा रहेका नेपाली नागरिकहरुको सुरक्षा र उद्धार सम्बन्धमा आवश्यक परेमा इजरायल सरकारबाट सक्रियतापूर्वक सहयोग गर्न अनुरोध गरियो’, उनले भने, ‘अहिलेको अवस्था सुधार भई स्थिति सहज भएपछि यसअघि छनोट भई इजरायल प्रस्थानको क्रममा रहेका केयरगिभरहरुको सुरक्षित प्रस्थान मिलाउने, भिसालगायतमा सकारात्मक सहजीकरण गर्ने तथा मागबमोजिमका सहायक कामदारहरुको स्वास्थ्य परीक्षण सम्बन्धमा समेत सौहार्दपूर्ण छलफल सम्पन्न भयो।’ 

साथै इजरायल प्रस्थानको प्रतीक्षामा बसेका सहायक कामदारहरुको भिसा म्याद समाप्त भए म्यादथपको व्यवस्था गर्ने सम्बन्धमा समेत छलफल भएको उनले बताए। 

साथसाथै इजरायलका ग्रोसरीहरु, पार्क, स्कुल, हाइवे, फार्म आदिमा रहे भएको अवस्थामा समेत नागरिकको सुरक्षा व्यवस्थाका सम्बन्धमा जानकारी लिइएको विभागले जनाएको छ। 

राजदूतसँगको छलफलमा विभागका उपमहानिर्देशक शिवाकोटी र निर्देशक गिरिराज ज्ञवाली समेत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad