कारोबार


डेडिकेटेड लाइनको बक्यौता चाँडै उठ्छ, प्रक्रिया सुरु भइसक्यो : ऊर्जामन्त्री खड्का

डेडिकेटेड लाइनको बक्यौता चाँडै उठ्छ, प्रक्रिया सुरु भइसक्यो : ऊर्जामन्त्री खड्का

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८२ सोमबार १२:१७, काठमाडौँ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर र ट्रंकलाइनबापतको बक्यौता चाँडै उठ्ने बताएका छन्। 

सोमबार संसद् बैठकमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै उनले यसको प्रक्रिया सुरु भइसकेको बताए। 

‘डेडिकेटेड लाइनको विषयमा प्राधिकरणले गर्नुपर्ने विषय हो। लामो समयदेखि अड्केको कारणले सरकारले लाल आयोगलाई आधार मानी प्रक्रियागत रुपमा बिजुली खपत गरेको हिसाबमा एकीन गरी तत्काल पैसा उठाउन निर्देशन भएको थियो’, उनले भने, ‘उहाँहरुले प्रक्रिया सुरु गर्नुभएको छ। नियमसंगत रुपमा संकलन हुनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad