कारोबार


चार क्षेत्रमा अपवादको रूपमा ३ करोडमुनिका आयोजना बजेटमा आए : अर्थमन्त्री पौडेल

चार क्षेत्रमा अपवादको रूपमा ३ करोडमुनिका आयोजना बजेटमा आए : अर्थमन्त्री पौडेल

नेपालखबर
असार १०, २०८२ मंगलबार १४:५३, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले ४ वटा क्षेत्रमा अपवादको रुपमा ३ करोडमुनिका आयोजना रहेको बताएका छन्।

बजेटमाथिको छलफलमा उठेका प्रश्नहरू सम्बोधन गर्दै प्रतिनिधिसभामा क्रमागत आयोजना, भुक्तानी दायित्व, संघीय सरकारको मात्रै क्षेत्राधिकार भएका आयोजना र अध्ययनका आयोजनाको लागि मात्रै ३ करोडभन्दा तलको बजेट विनियोजन गरिएको बताएका हुन्।

योजना आयोगले आयोजना बैंकमार्फत ३ करोड तलका आयोजना नसमेट्ने उल्लेख गरेको थियो। तर कतिपय १ लाख रुपैयाँकै आयोजना बजेटमा समावेश गरिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले ३ करोडभन्दा साना आयोजना कुनै मन्त्रालयमा परेको भए प्रदेश सरकारलाई अख्तियारी दिने बताए। 

‘संघीय सरकारले अपवादबाहेक ३ करोडभन्दा कम भएका आयोजनालाई अघि बढाउँदैन भन्नेमा दृढ छौँ’, अर्थमन्त्री पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad