कारोबार


विलासिलता कर र भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने सुनचाँदी व्यवसायीको चेतावनी

विलासिलता कर र भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने सुनचाँदी व्यवसायीको चेतावनी

फाइल फोटो


नेपालखबर
असार १६, २०८२ सोमबार १५:७, काठमाडौँ

सुनचाँदी व्यवसायीहरूले राजधानीमा प्रदर्शन गरेका छन्।

नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौँ सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।

उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरे। व्यवसायीहरूका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरूले माग गरेका छन्।

प्रदर्शनकारीहरूले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाए।

प्रदर्शनका क्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अव्यवहारिक भएको बताए।

उनले विलासिलता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए।

अध्यक्ष बज्राचार्यले भने, ‘सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अनुचित हो। विलासिलता कर र रत्नआभूषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन रोकिँदैन। यो माग आम व्यवसायीको मात्रै नभएर आम उपभोक्ताको पनि हो। उनीहरूको हितका लागि हामीले आन्दोलन गर्नुपरिरहेको छ। माग पूरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ।’

देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोप समेत उनले लगाए। 

उनकाअनुसार सरकारले सुनचाँदीमा विलाशिलता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्नेछ।

अध्यक्ष बज्राचार्यले भने, ‘सुनमा २ प्रतिशत र हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाइनु गलत हो।  नेपाल र बाहिरी मुलुकमा तोलामा २०/२५ हजार नै सुनको भाउमा फरक छ। त्यो फरक पारिनु सरकारको कमजोरी हो। सरकारले मुलुक बाहिर र मुलुक भित्र सुनको भाउ समान बनाउन लाग्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad