धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगरको खानेपानी योजनाका लागि एसियाली विकास बैंक (एडीबी)को ऋण नलिने घोषणा गरेका छन्।
उनले संघीय सरकारको खानेपानी मन्त्रीलाई पत्र लेख्दै धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋणसमेत तिर्न बाँकी रहेको भन्दै थप ऋण लिन उचित नहुने बताएका हुन्।
‘कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोसीको पानी धरानमा ल्याउन अनेकचोटी मन्त्रालय धाएको स्मरण गराउँदै आगामी आर्थिक वर्षको लागि नेपाल सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो,’ सामपाङले खानेपानी मन्त्रालयलाई सम्बाेधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘तर बाँकी पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाउन उचित हुँदैन।’
उनले आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र धरानमा खानेपानी योजना अगाडी बढाउनु उपयुक्त हुने पनि सुझाव दिएका छन्।
‘अन्यथा हामी आफैँ खोला खोल्सीको पानी जोडेर गुजारा गरौँला,’ प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयलाई बोधार्थ पठाइएको पत्रमा साम्पाङले भनेका छन्।

Shares

प्रतिक्रिया