कारोबार


गर्भनरले विग मर्जरको संकेत गरेपछि एक दर्जन बैंकले राखे प्रस्ताव

गर्भनरले विग मर्जरको संकेत गरेपछि एक दर्जन बैंकले राखे प्रस्ताव

नेपालखबर
असार २२, २०७६ आइतबार १३:१३,

नेपाल राष्ट्र बैंकका गर्भरन चिरञ्जीवी नेपालले वणिज्य बैंकहरुबीच नै मर्जर चाहेको र सो बारे २६ गतेसम्म निर्णय लिन निर्देशन दिएपछि करिव १ दर्जन बैंकहरुले मर्जरको प्रस्ताव पेश गरेका छन्।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार २७ गते सार्वजनिक गर्दैछ।

राष्ट्र बैंकले असार १२ गते नै बैंकका अध्यक्ष र सिइओलाई बोलाएर आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुअघि नै मर्जरकाे प्रस्ताव पेश गर्न निर्देशन दिएका थिए। मर्जरमा जाँदा के कस्तो सुविधा चाहिएको हो सो बारेमा पनि बोल्न उनले बैंकहरुलाई भनेका थिए।

यस्तो निर्देशन पनि सनराइज, सानिमा ,एनएमबि, माछापुच्छ्रे, सिभिल, एनसीसी, लक्ष्मी, सिटिजन्स र नेपाल एसविआई बैंकले समेत मर्जरमा जाने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरेको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपञ्च निरौलाका अनुसार ति बैंकहरुले मर्जरमा जान तयार भएको प्रस्ताव पेश गरेका छन्। तर उनीहरुले आफ्नो पार्टनर भने तय गरेका छैनन्।

नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गरेको ग्लोबल आइएमई बैंक र जनता बैंकले भने मर्जरमा जाने सम्झौता नै गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad