नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच बैंकको ऋणपत्र सूचीकरण सम्बन्धी सम्झौता भएको छ।
७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य एक हजार दरका कुल २५ लाख कित्ता ‘७ प्रतिशत डिबेन्चर आरबीबीडीबी २०८८’ ऋणपत्र सूचीकरण सम्झौता भएको हो।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले आजै हस्ताक्षर गरे।
उक्त ऋणपत्रको दोस्रो बजारमा यही साउन १५ गतेबाट कारोबार सुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंबाट हुने कम्पनीले जनाएको छ।
42
Shares

प्रतिक्रिया