माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा नाफा करिब शतप्रतिशतकै हाराहारीले बढाएको छ।
बैंकले सार्वजनिक गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको हो।
अघिल्लो वर्ष आवको बैंकको नाफा १ करोड ४ लाखमात्रै थियो। जुन यो वर्ष ९७ करोड रुपैयाँले बढाएको देखिएको छ।
बैंकले यो वर्ष गैरबैंकिङ सम्पत्ति लिलामी गरेपछि सोको कर्जामा गरेको नोक्सानी व्यवस्थापनबापतको रकम फिर्ता पाउँदा त्यसको असर नाफामा देखिएको छ।
यो वर्ष बैंकले गैरबैंकिङ सम्पत्तिमा गरेको प्रोभिजनमार्फत ४६ करोड रुपैयाँ फिर्ता गरी नाफामा देखाएको छ। यस्तै बैंकको इम्पेरिमेन्ट चार्ज रिभर्सल पनि २५ करोड रुपैयाँले सकारात्मक देखिएको छ।
त्यसो त यो वर्ष बैंकले ब्याज आम्दानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाउँदा सञ्चालन आम्दानी ७ अर्ब ८ करोड रुपैया गरेको छ। अघिल्लो वर्ष बैंकले ब्याज आम्दानी ४ अर्ब ९८ करोड र सञ्चालन आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा यो वर्ष बढाएको छ।
बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँमात्रै मुनाफा गरेको बैंकले गत वर्षमा ३ अर्ब ३३ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको हो।
बैंकले वित्तीय सूचकहरुमा सुधार गरेसँगै बैंकका सेयरधनीले पाउने नाफामा पनि वृद्धि भएको छ। गत आवमा बैंकका वितरणयोग्य नाफा १ अर्ब ७७ करोड छ । उक्त नाफाबाट बैंकले सेयरधनीहरुलाई प्रतिकित्ता ९ रुपैयाँ २३ पैसासम्म लाभांश दिनसक्ने क्षमता राख्दछ।
खराबकर्जा समग्र वाणिज्य बैंकहरुको चुनौती बनिरहँदा यो बैंकले भने खराब कर्जा दर ३.८३ प्रतिशतमा सीमित राखेको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा कम हो। अघिल्लो आवमा बैंकको खराब कर्जा दर ३.८६ प्रतिशत थियो।
Shares

प्रतिक्रिया