अर्थ मन्त्रालयले सरकारको स्वामित्वमा रहेका चारवटा रुग्ण उद्योगको सम्पत्ति मूल्यांकन कार्य सुरु गरेको छ।
मन्त्रालयले बुटवल धागो कारखाना, जनकपुर चुरोट काराखाना, नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि कम्पनीहरुको सर्टलिष्ट गरेको हो।
यसअगाडि मन्त्रालयले यी चारवटै उद्योगको सम्पत्ति मूल्यांकन गर्दा मूल्यांकनकर्ता कम्पनीहरुबाट आवेदन माग गरेको थियो। मंगलबार मन्त्रालयले चारवटै उद्योगका लागि मूल्यांकनकर्ता कम्पनीहरुको संक्षिप्त सूची तयार पारेको हो।
मन्त्रालयले जनकपुर चुरोट कारखानाका लागि ८ वटा, बुटवल धागो कारखानाका लागि १२ वटा, नेपाल ओरियण्ड म्याग्नेसाइटका लागि ११ वटा र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि ११ वटा कन्सल्टिङ कम्पनी संक्षिप्त सूचीमा परेका हुन्।
सरकारले बजेटमार्फत यी चार वटै कम्पनीको सम्पत्ति व्यवस्थापन गरेर औपचारिक रुपमै खारेज गर्ने नीति लिएको छ।
Shares

प्रतिक्रिया