कारोबार


कुमारी बैंकले २ अर्ब नाफा कमाउँदा तिर्‍यो ३ अर्ब कर, लगानीकर्ताको हात रित्तै

कुमारी बैंकले २ अर्ब नाफा कमाउँदा तिर्‍यो ३ अर्ब कर, लगानीकर्ताको हात रित्तै

नेपालखबर
साउन २२, २०८२ बिहिबार १२:४४, काठमाडौँ

कुमारी बैंकको नाफामा भारी अंकले फरक देखिएको छ। 

अघिल्लो आवमा लाख मात्रै कमाउन सफल देखिएको बैंकले गत आवमा भने २ अर्बमाथिको नाफा गरेको हो। 

अघिल्लो आर्थिक वर्षमा नाफामा खुम्चिएर बैंकले जम्मा ४६ लाख मात्रै कमाएमा चालू आवमा भने २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको हो।

बैंकले नाफा बढाउनुमा भने इम्पेरिमेन्ट चार्ज घटाउनु प्रमुख कारण देखिएको छ। बैंकले इम्पेरिमेन्ट चार्जअन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको हो। 

कर्जा खराब वर्गमा वर्गीकरण भएमा बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ। यस्तो कर्जा असुल हुन थालेसँगै बैंकहरुले नोक्सानी व्यवस्थापनमा राखेको उक्त पैसालाई नाफामा देखाउन सक्ने व्यवस्था छ। 

बैंकले पनि असुल हुन थालेपछि इम्पेरिमेन्ट चार्जलाई घटाएर उक्त रकम नाफामा राख्दा नाफामा ठूलो वृद्धि देखिनपुगेको हो।

योबाहेक बैंकले सञ्चालन आम्दानी, सञ्चालन नाफा, ब्याज आम्दानी सबै बढाएको छ। अघिल्लो आवमा बैंकले ९७ करोड रुपैयाँ सञ्चालन मुनाफा गर्दा गत अवामा भने ६ अर्ब १३ करोड रुपैयाँको मुनाफा गरेको हो। 

यस्तै सञ्चालन आम्दानी पनि अघिल्लो आवमा बैंकले १३ अर्ब ६३ करोडको गरेको मा गत आवमा ४ अर्ब ६३ करोड रुपैयाँ गरेको हो।

बैंकले ब्याज आम्दानी पनि बढाएको छ। अघिल्लो वर्ष १० अर्ब ८० करोड बराबरको ब्याज आम्दानी गरेको बैंकले गत आवमा कुल ११ अर्ब ५५ करोडको आम्दानी गरेको हो।

त्यसो त गत आवमा बैंकले निक्षेपकर्तालाई ब्याजबापत कुल २० अर्ब ७३ करोड रुपैयाँ भुक्तान गरेको छ भने ऋणीबाट ब्याजबापत ३२ अर्ब २९ करोड रुपैयाँ असुल गरेको छ। 

बैंकले गत आवको वासलातमा नाफाभन्दा बढी कर तिरेको देखाएको छ। गत आवमा बैंकले खुद नाफा २ अर्ब ११ करोड गर्दा कर भने ३ अर्ब ६६ करोड रुपैयाँ तिरेको देखाएको हो।

बैंकले अपरिष्कृत वित्तीय विवरणमा बैंकको वासलात सुधारिएको देखाए पनि लगानीकर्ताको भने हात रित्तै हुने देखाएको छ। 

बैंकको गत आवको मुनाफाबाट सेयरधनीलाई दिन मिल्ने नाफा अझै ऋणात्मक नै देखिएको हो। बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ। 

अघिल्लो वर्ष ५ अर्ब ३६ करोडले ऋणात्मक हुँदा लगानीकर्ताको हात रित्तै रहन पुगेको थियो। गत वर्ष पनि यस्तो रकम ऋणात्मक नै रहने भनेपछि सेयरधनीले लाभांश नपाउने देखिएको हो। 

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले बैंकको खुद नाफामा अभूतपूर्व वृद्धि देखाएको छ। 

विवरणअनुसार, बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिसँगको तुलनामा ४५,८२९ प्रतिशतले वृद्धि भएको छ। 

यस वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा केवल ४६ लाख रुपैयाँ थियो। यो वृद्धि बैंकको वित्तीय प्रदर्शनमा ठूलो फर्क ल्याएको हो, तर यसको मुख्य कारण भनेको बैंकको इम्पेरेमेंट चार्जमा भएको परिवर्तन हो। 

२०८१ असार मसान्तसम्मको प्रकाशित वित्तीय विवरणमा कुमारी बैंकको इम्पेरेमेंट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ थियो, जसको तुलनामा हालको विवरणमा यो रकम ६ अर्ब ८४ करोड रुपैयाँमा वृद्धि भएको छ, जसले बैंकको नाफामा ठूलो प्रभाव पार्दै वृद्धि ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad