समाज


गाईघाटमा १ घण्टामै ‘मध्यम वर्षा’ भएपछि मौसम विभागले जारी गर्‍यो ‘अलर्ट’

गाईघाटमा १ घण्टामै ‘मध्यम वर्षा’ भएपछि मौसम विभागले जारी गर्‍यो ‘अलर्ट’

नेपालखबर
साउन २२, २०८२ बिहिबार १२:४५, काठमाडौँ

उदयपुरमा एक घण्टामै मध्यम वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ। 

विभागले आज (बिहीबार) दिउँसो १२:३० बजे सूचना जारी गरी उदयपुरको गाईघाटस्थित वर्षामापन केन्द्रले पछिल्लो १ घण्टामै मध्यम वर्षा भएको देखाएको जानकारी गराउँदै सतर्क रहन स्थानीयलाई सचेत गराएको हो। 

मौसम विभागको सूचनामा भनिएको छ, ‘पछिल्लो १ घण्टामा उदयपुरजिल्ला स्थित गाईघाट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने ससाना खोलामा बहाब बढ्न सक्ने सम्भावना, आवश्यक सतर्कता अपनाइराखौँ।’

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ। तर गाईघाटमा यति वर्षा १ घण्टाभित्रै भएको हो। 

यस्तै २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावितबारे यस्तो प्रक्षेपण गरेको छ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad