कारोबार


गोसाइँकुण्डसम्मै पुग्यो नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच

चन्दनबारीमा नेपाल टेलिकमको टुजी बीटीएस सञ्चालनमा
गोसाइँकुण्डसम्मै पुग्यो नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १७:१३, काठमाडौँ

नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ। 

रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो। 

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तीर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएकोे हो। 

गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २०० मिटरमा अवस्थित गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि फोरजी नेटवर्क समेत विस्तार गर्ने योजना समेत गरेको छ ।  
 

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सो क्षेत्रमा सेवा सञ्चालन आए पश्चात दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने वासिन्दाले समेत सेवाबाट लाभान्वित हुनेछन् । 

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad