कारोबार


विद्युत् प्राधिकरणको नाफा ५ अर्ब ४० करोड रुपैयाँले घट्यो

विद्युत् प्राधिकरणको नाफा ५ अर्ब ४० करोड रुपैयाँले घट्यो

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८२ आइतबार ८:४५, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणको नाफा ५ अर्ब ४० करोड रुपैयाँ घटेको छ। 

प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा करअघिको विवरणमा ९ अर्ब ७ करोड रुपैयाँ मात्रा नाफा कमाएको छ। 

आ.व. २०८०/८१ मा प्राधिकरणको करअघिको नाफा १४ अर्ब ४७ करोड थियो।

२०८०/८१ को तुलनामा गएको वर्ष ३७.३१ प्रतिशतले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

आव २०८०/ ८१ मा करपछि प्राधिकरणले १० अर्ब ५३ करोड नाफा कमाएको थियो। आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण त्यसयता निरन्तर नाफामा थियाे।

प्राधिकरणको कुल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ को दाँजोमा ६.२ प्रतिशतले वृद्धि भएर आ.व. २०८१/८२ मा रु. ६ खर्व ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

सरकारी अनुदान, सडक बत्ती अनुदान तथा ट्रंकलाइन बक्यौताबाहेक प्राधिकरणको औसत संकलन अवधि ४५.८४ दिन रहेको छ। 

आ.व. २०८१/०८२ मा प्राधिकरणले ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार पाँचसय १४  ग्राहकहरूलाई कुल १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत निःशुल्क उपलब्ध गराएको छ। 

प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९.४४ रुपैयाँ रहेको छ। अनलाइन भुक्तानीमार्फत अघिल्लो आ.व. मा रु. २७ अर्ब ४४ करोड संकलन भएको थियाे। यसमा उल्लेख्य रूपमा वृद्धि भइ समीक्षा आ.व. २०८१/०८२ मा यो रु.३४ अर्ब ३३ करोड पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad