कारोबार


त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्ष उद्घाटन

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्ष उद्घाटन

नेपालखबर
भदौ ९, २०८२ सोमबार २१:३४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्षको उद्घाटन गरिएको छ। 

विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त आवागमन कक्षले  विमानस्थलको भिड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले विमानस्थलको भीड नियन्त्रण र सुरक्षालाई ध्यानमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको लागि छुट्टै आन्तरिक आवागमनको व्यवस्था गर्नुपर्ने पनि बताए। 

संवैधानिक निकाय, प्रशासनिक क्षेत्रका प्रतिनिधि तथा आम नागरिकका लागि फरक–फरक कक्षको व्यवस्था उपयोगी र व्यवस्थित हुने उनको विश्वास छ।

मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय आवागमनको कक्षमा जस्तै आन्तरिक आवागमन कक्षमा समेत सीआईपीको व्यवस्था गर्न समेत सरोकारवाला निकायहरूलाई आग्रह गरे।

विमानस्थलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन चरणबद्ध रुपमा सुधारका कामहरु गर्दै जानेप्रथिवद्धता समेत व्यक्त गरे। 

उनले भने, ‘संवैधानिक निकाय तथा प्रशासनिक क्षेत्रकाप्रतिनिधिहरुको र आम नागरिकको अलग अलग कक्षको व्यवस्था गरिदियौं भने त्यसले पनि विमानस्थलकोसुरक्षा र भिड नियन्त्रणमा सहजता हुनसक्छ। भोलिको दिनमा यी कक्षहरु सञ्चालन गर्दैर्दासमिक्षा गरौंला। राजनीतिक  नेतृत्व, जनप्रतिनिधिहरुकोचाँही आवागमन हुने ठाउँ र प्रशासनिक, न्यायिक र संवैधानिक क्षेत्रका मानिसहरुकोआवागमन हुने ठाउँ केही सेपरेट भयो भने त्यसले केही सहजता हुनसक्छ।’

यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भीआईपी सेवा दिने गरिएको थियो। अब ठूलो ठाउँबाट भीआईपी सेवा उपलब्ध हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad