कारोबार


अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित

अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १२:१, लमजुङ

७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ । 

लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र मानराज गुरुङलाई सम्मान गरिएको हो। 

पर्वतारोहीहरूलाई गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सम्मान प्रदान गरेकी हुन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रम आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका र अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी) को सहकार्यमा कार्यक्रम आयोजना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad