डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड मार्फत चन्द्रागिरि हिल्ससँग साझेदारी गरेको छ।
साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन्।
काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरि हिल्स काठमाडौं उपत्यकाबाट छिटो पहुँचिने प्रमुख पर्यटन गन्तव्य हो।
यस साझेदारीले डिशहोमका ग्राहकहरूले छुटसहित चन्द्रागिरि हिल्सको अनुभव लिन सक्ने अवसर प्रदान गर्दछ।
33
Shares

प्रतिक्रिया