ब्याजदर सस्तिएर लागत बढेका बेला वाणिज्य बैंकहरुले मौद्रिक उपकरणहरुमा लगानी बढाउन थालेका छन्।
नेपाल राष्ट्र बैंकबाहेक सरकारले जारी गर्ने मौद्रिक उपकरणमा लगानी बढाउन थालेका हुन्।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मागभन्दा ८ गुणा बढी रकमसहित लगानीकर्ता बोलकबोलमा सहभागी भएका छन्।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भदौ १६ गते दुईवटा ट्रेजरी बिल्स जारी गरेको थियो। ९१ दिने र अर्को ३६४ दिने ट्रेजरी बिल्स जारी गरेको थियो। जसमा सहभागीहरुले मागभन्दा कैयौँ गुणा बढी रकम बोलकबोलमा लगाएका हुन्।
सरकारले सो दिन ६ अर्ब ४ करोड बराबरको ९१ दिने ट्रेजरी जारी गरेकोमा ४९ अर्ब ४ करोड रुपैयाँ बराबरको रकमको बोलकोबल परेको थियो। जुन सरकारले २.३२ प्रतिशत ब्याजमा माग गरेअनुसार रकम संकलनग गर्यो।
यस्तै सोही दिन एक बर्षका लागि सरकारले २ अर्ब बराबरको ट्रेजरी निष्काशन गरेकोमा सहभागीहरुले १५ अर्ब १८ करोड रुपैयाँ बोलकबोलमा राखेका थिए। जुन २.६१ प्रतिशत ब्याजमा सरकारले रकम संकलन गरेको गर्यो।
सरकारले भोलि (सोमबार)का लागि पनि ९१ दिने ट्रेजरी अन्र्तगत ८ अर्ब ५० करोड संकलन गर्ने भएको छ।
सरकारले बैंकहरुमा लगानीयोग्य रकम अधिक भइरहेको अवस्थामा आन्तरिक ऋणलाई बढाउँदै लामो समयावधिको पनि ट्रेजरीबिल्स पनि निष्कासन गर्दै आएको छ। सामान्यतया ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
यस्ता बिलहरु २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ वटा समयावधिअनुसार निष्काशन गरिन्छ। पछिल्लो समय भने सरकारले ९१ दिने र एक वर्षे ट्रेजरी बिल निष्काशन गर्दै आएको छ।
सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण संकलन गर्ने लक्ष्य राखेको छ। यसमा ट्रेजरी बिल्सअन्तर्गत १ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य छ।
Shares

प्रतिक्रिया