कारोबार


कुलमानले भने– मन्त्रालय र मातहत निकायमा शून्य सहनशीलता, भ्रष्टाचार गरे तत्काल कारबाही

कुलमानले भने– मन्त्रालय र मातहत निकायमा शून्य सहनशीलता, भ्रष्टाचार गरे तत्काल कारबाही

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १५:२२, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको नेतृत्व पाएका मन्त्री कुलमान घिसिङले मन्त्रालयहरु र यिनै मातहतका निकायमा शून्य सहनशीलताको नीति लिने बताएका छन्। 

भ्रष्टाचार र अनियमितता नियन्त्रण जेनजीको माग भएको बताउँदै उनले यसको निर्मूल अन्त्य गर्ने दाबी गरेका हुन्। मन्त्रालयमा पदभार ग्रहणपछि उनले यसो बताएका हुन्। 

‘मन्त्रालय र मातहतमा शून्य सहनशीलता अवलम्बन गरिनेछ। त्यस्तो कार्य गरेको पाइए तत्काल कारबाही गरिनेछ’, उनले भने, ‘भ्रष्टाचार नियन्त्रण होइन निर्मूल गरिनेछ। कसैले पनि कुनै पनि निकायले भ्रष्टाचार र अनियमितता गरेको भेटिए कडा कारबाही। यो नै हाम्रो दायित्व हो। अहिलेको आन्दोलनको विषय पनि भ्रष्टाचार र सुशासन नै थियो।’

उनले आफ्नो पारदर्शितामा प्रश्न उठ्यो भने सिधै भन्न पनि आग्ह गरे । ‘मलाई सिधै भन्नुहोला। ठूलो चुनौती लिएर आएको छु। त्यसको सामना गर्छु भनेर आएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad