कारोबार


बससेवामा अब हवाई टिकट पनि, पाँच सयसम्म ‘क्यास ब्याक’ हुने

बससेवामा अब हवाई टिकट पनि, पाँच सयसम्म ‘क्यास ब्याक’ हुने

नेपालखबर
असोज १, २०८२ बुधबार १२:१७, काठमाडौँ

मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन्। 

नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहारलाई लक्षित गर्दै बससेवाले सुरु गरेको हवाई टिकट सेवामा पाँच सयसम्म क्यास ब्याक हुने अफर ल्याएको हो। 

बस सेवाका प्रमुख कार्यकारी निर्देशक (सीईओ) पीके खनालका अनुसार क्यास ब्याकको अफर आगामी मंसिर महिनाभर रहने छ। यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन्।

बससेवाबाट टिकट काट्ने दुईजनालाई खसी उपहार 
यस वर्षको दसैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार समेत दिने भएको छ। 

अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा कम्पनीले गरेको हो। यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ। यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन्। 

बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ सयजनालाई फ्रि टिकट १५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेब साइट (बससेवाडटकम)मार्फत टिकट काट्ने यात्रुहरूलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ। 

यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःसुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ।

के हो बससेवा?

बससेवा अनलाइनबाट बस/हवाइजहाजको टिकट उपलब्ध गराउने सहज माध्यम हो। बससेवाको मोबाइल एपबाट आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ। 

यसबाट मोवाइलबाटै टिकट काट्दा समय र खर्च दुवैको बचत हुने, बसमा उपलब्ध सेवा र शुल्क दाँजेर आफूलाई मनपर्ने बसमा यात्रा गर्न सकिने, काउन्टरकै दरमा टिकट उपलब्ध हुने र बससेवाका विभिन्न अफरको लाभ उठाउन सकिने बससेवाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad