डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँग सहकार्यमा चाडपर्वलाई लक्षित गर्दै नयाँ बीमा योजना ‘फेस्टिभ केयर’ सार्वजनिक गरेको छ।
दशैँलाई लक्षित गरी ल्याइएको यो विशेष बीमा सुविधा असोज ६ गतेदेखि असोज २० गतेसम्म उपलब्ध हुनेछ।
यो बीमा प्याकेज विशेष गरी चाडपर्वका बेला आकस्मिक जोखिम वा अस्पताल भर्ना हुने जस्ता अप्रत्याशित परिस्थितिबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।
‘फेस्टिभ केयर’ मात्र रु. २० मा उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकले १५ दिनसम्मको अवधिका लागि २ लाख ३० हजारसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकले विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थामा ३५% सम्म छुट पनि पाउनेछन्, जसले चाडपर्वको बेला मात्र नभई दैनिक जीवनमा पनि उपयोगी हुनेछ।
इसेवाले आफ्ना प्रयोगकर्ताको सुरक्षा र हेरचाहलाई सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ।
चाडपर्वमा हुने यात्राको चाप र आकस्मिक जोखिमलाई ध्यानमा राखी ल्याइएको ‘फेस्टिभ केयर’ बीमा योजनाले ग्राहकलाई सहज, सुरक्षित र निश्चिन्ततासहित पर्व मनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया